असोज२३, काठमाडौं – विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ५ क्षेत्रमा उम्मेदवारी दिने भएको छ । पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने भएका छन् ।
काठमाडौं १ बाट लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नुपर्नेछ ।
त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने स्रोतले जनाएको छ । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ ।
यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी आचार्य भने यसपटक सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएका छन् ।
काठमाडौंसमेत अन्य उम्मेदवारसमेत तोकेर सोमबार नै उम्मेदवारी घोषणा गरिने विवेकशील साझा पार्टीले जनाएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने छैनन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ । रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् ।
कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ । रञ्जु दर्शना २५ वर्ष पुगेकी छैनन् ।