संघीय फोरम र राजपा प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा

 

असोज २२,काठमाडौँ – संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन् । फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन् । सो गठबन्धन भित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरहेका छन् ।

कांग्रेससँग तालमेल नभएमा मधेसका २० जिल्लाका प्रतिनिधिसभातर्फका ७८ सिट मध्ये फोरम र राजपाले आधा/आधा सिट लिने तयारी गरेका छन् । तर अहिलेसम्म औपचारिक सहमति भने भएको छैन । फोरम सचिव रत्नेश्वरलाल कायस्थले स्थानीय तहको मतका आधारमा सिट बाँडफाँड हुने बताए । प्रदेश नम्बर २ मा फोरम र राजपाले करिब २५ सिट जित्ने दाबी गरेका छन् । र प्रदेश सभाको ६४ सिटमा ४० सिट कटाउने लक्ष्य बनाएका छन् । त्यसो गर्दा फोरम र राजपा गठबन्धनको प्रदेश सरकार बन्नेछ ।
नयाँपत्रिकाबाट