मोदीको नेपाल भ्रमण रोकियो

 

असोज २०,काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। यो खबर आजको अन्नपुर्ण पोष्टमा सन्तोष घिमिरेले लेखेका छन्।

नेपालमा ‘अप्रत्याशितु रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार राति १५ मिनेट भेटवार्ता गरेका थिए। भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। मोदीको नेपाल भ्रमण तत्कालका लागि ‘होल्डमा राखौुं भन्ने प्रस्ताव भारतीय विदेशमन्त्री स्वराजले गरेकी थिइन्। स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता प्रयास र निर्वाचनमा तालमेलबारे पनि चासो राखेकी थिइन्।

बिहीबार बिहान काठमाडौं आएका राजदूत उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने पुष्टि गरे। ‘यो पोलिटिकल टम्र्बाइलको अवस्थामा भ्रमण गर्न गाह्रो छ। भविष्यमा कुनै समयमा मोदीको भ्रमण होलाु, उनले भने।

मोदी अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि यही असोज २८ गते नेपाल आउने तयारी भइरहेको थियो।