दशैंमा राजधानीबाट बाहिरिएका २३ लाख मध्ये साँढे ३ लाख मानिस फर्किए

असोज २०,काठमाडौं – दसैँ, तिहार, छठ लगायतका चाड मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका मध्ये बुधबार साँझ सम्म साढे ३ लाख मानिस काठमाडौं भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाबाट कुल २३ लाख मानिस बाहिरिएका थिए । बाहिरिएकाको तुलनामा अहिले सम्म फर्किएकाको संख्या १५ प्रतिशत मात्र हो । ‘फर्किएको संख्या बाहिरिएकाको तुलनामा धेरै कम हो । आगामी हप्ता देखि भिड बढ्ने अनुमान छ,’ महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले भने । बुधबार मात्र उपत्यकामा १ लाख मानिस भित्रिएका छन् । जब कि मंगलबार उपत्यकामा ७६ हजार मानिस भित्रिएका थिए । यस तथ्यांकअनुसार पनि काठमाडौं फर्किनेको संख्या बढिरहेको देखिन्छ ।
नयाँपत्रिकाबाट