अहिलेसम्मको अन्तिम मत परिणाम, अब ६ स्थानमा आउन बाँकी

असोज ९,काठमाडौं – स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३० स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। १ सय ३६ तहमध्ये अब ६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ।

अहिलेसम्म नेपाली कांग्रेस ३७ स्थानीय तहमा विजयी भएको छ। संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ।

माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १७ तहमा विजयी भएको छ। लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएको छ।

अब बाँकी रहेको ६ स्थानीय तहमा नेकपा एमाले र संघीय समाजवादी फोरम २-२ तथा नेपाली कांग्रेस र माओवादी केन्द्र १-१ स्थानमा अग्रता लिएक छन्।

को कहाँ अगाडि

कांग्रेसले अग्रता लिएका स्थानीय निकाय

बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु

माओवादीले अग्रता लिएका स्थानीय निकाय

धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव

एमालेले अग्रता लिएका स्थानीय तह

बारा :-कलैया उपमहानगरपालिका विनोद शाह

बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान

सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव

पर्सा:-वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी