असोज ८ गते देखि २२ गते सम्म नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण स्थगित

८ असोज, काठमाडौं —यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण गर्नै काम १५ दिनका लागी स्थगित गरेको छ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएको कारण देखाउँदै असोज ८ गते देखि २२ गते सम्म नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण स्थगित गरेको हो ।
नयाँ लाइसेन्सको वितरण रोकिएपनि सरकारी कार्यालय खुल्ने दिनसम्म नवीकरणको काम भने सन्चालन हुुनेछ ।