बारा जितपुर सिमरामा उपमहानगरमा एमाले विजयी

 

असोज ८, काठमाडौ ,  –  बारा जिल्लाकोे जितपुर सिमरा उपमहानगरमा एमाले विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा कृष्ण पौडेल १४ हजार ८ सय ६८ मत र उपमेयरमा सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।