४ लाख नागरिकले उपत्यका छोडे, राजधानी सुनसान बन्दै

असोज ८,काठमाडौं – दसैं मनाउन ३ दिनमा ३ लाख ५० हजार जना उपत्यका बाहिरिएका छन् । प्रहरीका अनुसार दसैंको दोस्रो दिन (शुक्रबार) मात्र ८० हजार जनाले उपत्यका छाडेका छन् । स्कुल, कलेज बिदा भएसँगै काठमाडौंबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको हो । शनिबारबाट बाहिरिनेको संख्या अझ वढेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले दिएको जानकारी अनुसार चार दिन अघि ४८ हजार जनाले काठमाडौं छाडेका थिए । बुधबार ५० हजार, बिहीबार ६० हजार र शुक्रबार ८० हजार जना काठमाडौंबाट बाहिरिएका छन् ।आयुक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक गणेश केसीका अनुसार यो संख्या यात्रुबाहक बसमा गएकाहरूको मात्रै हो, अन्य निजी सवारीसाधन प्रयोग गरेर बाहिरिनेहरू पनि करिब ५० हजारको हाराहारीमा छन् ।
राजधानीबाट