सर्लाहीको चक्रघट्टा गाउँपालिकामा माओवादी विजयी

आश्विन ७, काठमाडौ— चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका छ । माओवादी केन्द्रका उम्मेदवार विक्रम यादव ३ हजार २ सय १६ मत ल्याएर प्रमुखमा विजयी भएका छन ।  निकटतम प्रतिद्वन्द्वी राजपाका कृष्णकुमार यादवले ३ हजार १ सय ४८ मत पाए ।
त्यसैगरि उपप्रमुखमा केन्द्रकै बशोधाकुमारी ३ हजार ३ सय १० मत ल्याएर विजयी भइन् ।