गृह मन्त्राललयले सुरु गर्यो ‘प्रहरी हाम्रो टोलमा’ अभियान

 

असोज ६, काठमाडौं – गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्माले आज देशभर दुई हजार ५सय प्रहरी इकाईमा लागू भएको जानकारी दिए । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य छ । गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको बताए ।