इमेलखबर— गायिका मिलन अमात्यले पति मिन्सन अमात्यसंग डिभोर्स भईसकेपछि यस्तो स्टाटस लेखेकी हुन् । शुक्रबार अदालतमा औपचारिक डिभोर्स गरेको जानकारी दिएकी मिलनले संगीत र कला क्षेत्र रोज्न श्रीमान त्याग्नु परेको प्रतिक्रिया दिएकी छन् ।
उनले यस्तो अवस्थामा आफु परिवारको नीजि विषयलाई मिडियाले धेरै अनावश्यक खोतलेर आफुलाई दुखि बनाएको बताइन् । उनले फेशबुक स्टाटस मार्फत यस्तो असहज परिस्थीतिमा जथाभावी नलेखेर सहयोग गरिदिनुहुन अनुरोध गरेकी छन् । उनले अमात्य थर छाडेर मिलन नेवार उद्धित गरेकी छन् ।
मिलनको फेशबुक स्टाटस:
मेरो अनुरोध 🙏 🙏
सम्पूर्ण शुभचिन्तक आफन्त मित्रहरु अनि संचारकर्मी मित्रहरु १
अहिले मेरो बारेमा बिभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रती मेरो ध्यानाकर्षण भएको छ ।
म बिशुद्द नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ ।
अहिलेको मेरो पारिवारिक र ब्याग्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न चाहन्न । मेरो ब्यातिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होईन ।
म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दुस्ख पर्दा म पनि रुन्छु १
अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध १
अहिले सम्म आएका नकारात्मक कुराहरुका बारेमा कानुनी उपचारको लागी मेरो कानुनी सल्लाहकार टिमसँग सहकार्य हुँदै नै छ, यध्यपी म कसैलाई पनि नराम्रो होस भन्ने चाहाना राख्ने ब्यक्ती नभएको स्पष्ट पार्दै अहिले म आँफै असजिलो अवस्थामा रहेको बेला अझै चोट माथी चोट दिएर पिडित नबनाई दिन म सबै सँग बिन्ती गर्छु १ 🙏 🙏
केहि समय मलाई कुनै पनि निजी बिषयमा केहि कुरा नगरिदिन र मलाई यो असजिलो समय देखी बाहिर ल्याउनरबाहिर आउन दिन सबैसँग हार्दिक बिनम्र अनुरोध गर्दछु १ 🙏
तपाँईहरुको गायिका
मिलन नेवार