दशैं सपिङ के गर्ने ?

इमेलखबर

काठमाडौं—दशैं आउला भनेर औला गन्ने हो भने अब धेरै दिन छैन । आफन्तजन र आफ्नै लागि के उपहार दिने ? मनमा दुविधा हुन सक्छ । र पनि बजार भने दशैं किनमेलले तातेको छ । फुटपातदेखि सपिङ मलहरुमा किनमेलको घुईचोले खुट्टा राख्ने ठाउ छैन । दशैं लक्षित गरेर कस्तो उपहार दिने ? आउनुहोस् केहि टिप्स लिऊ ।

१. मोबाईल : अहिले बजार प्रविधिका रुपमा सस्तो हुदैछ । मोबाईल संचारका लागि मात्रै होइन, आधुनिक समयमा दैनिक सहज बनाउन धेरै हद् सम्म सहयोगी बन्न थालेको छ । तपाईले दशैं उपहारमा मोबाईल पनि दिन सक्नुहुन्छ ।

२. घंडि : भनिन्छ, समय अनुकुल हिड्ने मान्छे भविष्यमा सफल बन्छ । घंडि समयकै प्रतिक हो । अर्को कुरा घंडि फेशनको दृष्टिले पनि लगाउदा आर्कषक देखिन्छ । आफ्नो दक्षता अनुसार खरिद गर्न सक्नुहुन्छ ।

३. पहिरन : उपहारमा सके सम्म पहिरन नदिनु भन्ने गरिन्छ । कारण कपडा वा लुगा छिट्टै फाटेर जाने कुरा हुन् । तर, घरमा यदि पहिरन आर्कषक लाग्छ भने उसको आवश्यकतालाई ध्यानमा राखेर दशैंमा नया पहिरन उपहार दिन सकिन्छ । पहिरन उपहार दिन भनुभन्दा अघि लगाउने व्यक्तिको मनोविज्ञान, रोजाइ र कलर छनोट भने बुझ्न जरुरी छ ।

दशैं उपहार किनेमेल गर्दा तपाईले आफ्नो क्षमता भुल्नु हुदैन । बजारमा फराकीलोछ । यहा एक सयदेखि लाखौंका सामान पाइन्छन् । महंगो लगाउदैमा र मंहगो उपहार दिदैमा प्रतिष्ठीत भईने होइन् । उपहार मायाको चिनो हो । जसले जे दिन्छ त्यसमा मुल्य हुदैन । भावनात्मक संम्बन्ध हुन्छ । त्यसैमा रमाउने प्रयास गर्नु पर्छ ।