निर्वाचनको ताजा नतिजाः कांग्रेस अग्र स्थानमा

आश्वीन,५ काठमाडौं– सोमबादेखि सुरु भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनन मतपरिणाम अपडेट भईरहेको छ । बिहान ७ बजे सम्म इमेलखबरले गरेको मतपरिणामको नजिता संगै यतिबेला दिउसो सम्म २१ स्थानमा नतिजा सर्वाजनिक भईसकेको छ । अहिले सम्म सबै भन्दा अग्र स्थानमा नेपाली कांग्रेस देखिएकोछ । कांग्रेसले ८ स्थानमा, एमाले ४ स्थानमा, नेकपा माओवादी केन्द्रले तीन स्थानमा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रीक फोमरले दुई–दुई स्थानमा विजय हासील गरेका छन् ।