गायिका कोमल ओली भन्छिन्, ‘एमाले प्रवेश गर्नेबारे भोली बेलुका सम्म टुंगो लगाउछु’

 

इमेलखबर
आश्वीन, ५ काठमाडौं—पार्टी प्रवेश गर्न नेकपा एमालेको प्रस्तावलाई गायिका कोमल ओलीले सकरात्मक रुपमा लिएकी छन् । उनले इमेलखबरलाई जानकारी गराए अनुसार  एमाले अध्यक्ष केपी ओलीले आफुलाई सोच विचार गरि निर्णय गर्न  दुई दिन  समय दिएको बताइन् । उनको दुई दिन  शुक्रबार बेलुका टुंगीनेछ । कोमलले भोली नै एमाले प्रवेश गर्ने कि नगर्ने ?  जानकारी गराउने भएकी छन् । राप्रपाको केन्द्रिय सदस्यमा पार्टी प्रवेश गरेपछि गायिका कोमल राजनीतिककर्मी बन्न थालेकी हुन् । उनले गायन र राजनीति संगै लाने सुरमा छिन् । इमेलखबरसंग गरेको कुराकानीका आधारमा भने कोमल एमाले प्रवेश गर्न इच्छुक मात्र होइन पुर्ण विश्वस्त रहेको देखिन्छ । ‘मखुै खोलेर भनेकी छैन’, उनले भनिन्, ‘भोली चाहि टुंगो लगाउछु ।’
आफ्नो राजनीति राष्ट्रवाद र राष्ट्रियताको हितका लागि हुने भएकाले एमाले पार्टी संग सहकार्य गर्दा लक्षय पुरा हुने कोमलको बुझाइ छ । यसले पनि के प्रस्ट पार्छ भने उनी एमाले विचारधारा प्रति आर्कषित छिन् । उनका अनुसार एमाले अध्यक्ष ओलीले भन्नु भो, ‘राष्ट्र बनाउने भए तिमी हामीसंग आऊ ।’ कोमलले अध्यक्षको प्रस्ताव ठिक लागको महशुस गरेकी छन् । आगामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी कोमलले एमाले पार्टीसंग सामिप्य बढाउन थालेकी हुन् । ‘समय अनुकुल चल्नु पर्दोरहेछ’, उनले भनिन्, ‘राजनीति सिक्दै छु ।’