कुन स्थानमा कस्ले जिते ? हेरौं, बिहान ११ बजे सम्मको निवार्चन नतिजा

 

असोज ५,काठमाडौं — प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३६ मध्ये १७ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेसले अग्रता लिएको छ भने दोसो्रमा एमालेले पछ्याएको छ ।
बिहान ११ बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुईरदुई स्थानीय तह जितेका छन् ।

केही स्थानीय तहको मतगणना अन्तिममा पुगे पनि औपचारिक घोषणा हुन बाँकी रहेकाले यहाँ समेटिएको छैन । अग्रताको हिसाबले नेपाली कांग्रेसले पहिलो स्थान कायमै राखेको छ ।

कुन स्थानमा कस्ले जिते ?

नेपाली कांग्रेसले धनुुषाको औरही गाउँपालिका, जनकनन्दिनी गाउँपालिका सिरहाको नवराजपुर गाउँपालिका, सप्तरीको बिष्णुपुर गाउँपालिका, धनकौला गाउँपालिका मा विजयी हासिल गरेको छ ।

एमालेले सप्तरीको सप्तकोशी नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली गाउँपालिका मा विजयी हासील गरेको छ ।

माओवादीले सिरहाको कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिकामा विजयी भएको छ । संघीय फोरमले सिरहाको विष्णुपुर गाउँपालिका, भगवानपुर गाउँपालिका, मा जित हासिल गरेको छ ।

राजपाले धनुुषाको हंशपुर नगरपालिका, ,सर्लाहीको कौडेना गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै लोकतान्त्रिक फोरमले ,रौतहटको इशानाथ नगरपालिका र सर्लाहीको बिष्णु गाउँपालिकामा जित हासिल गरेको छ ।