तेस्रो चरणको स्थानिय चुनावको एकमात्र महानगर वीरगंजमा कसको कति मत ?

 

असोज ५, वीरगन्ज -वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा,लेखनाथ र भरतपुर महानगर) ले नेतृत्व पाइसकेको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनले बाँकी रहेको एक मात्रै महानगर वीरगञ्जको छिनोफानो गरिरहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलवार दिउँसो २ बजे बाट मत गणना शुरु भइरहेको छ ।
हिजो साँझ सम्म विभिन्न दलहरुले पाएको मत संख्या यस्तो छ :

राजनीति दल प्रमुख उपप्रमुख

राजपा: राजेशमान सिंह २१४३ रम्भा मिश्र २००८
कांग्रेस : अजय द्विवेदी १८०५ शान्ति कार्की १९७४
संघीय फोरम : विजय सरावगी ९९५ पिङ्की यादव १०५०
माओवादी : रहबर अन्सारी ७३९ दुर्गा क्षेत्री ७७४
एमाले : बसरुद्धिन अन्सारी ६२५ सोफिया आचार्य ५९२
लोकतान्त्रिक फोरम : विमल श्रीवास्तव ५३८ रिङ्कु देवि ५२९

नयाँपत्रिकाबाट