धुर्मुसको जन्मदिनमा नमुना बस्तिको सिलान्यास

असोज ४, काठमाडौं –  धुर्मुस ( सिताराम कटेल ) को जन्मदिनकै अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनले चौंथो परियोजना अन्र्तगत रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा रहेका दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको सिलान्यास गरेका छन ।


उनले जन्मदिनका अवसरमा शुभकामना दिने सम्पुुर्णलाइ कृतज्ञता आफनोे फेसबुुक मार्फत दिएका छन । कुल अनुमानित लागत ५ करोड ७५ लाखको लागतमा बन्न लागेको उक्त बस्तीमा ४५ आवासिय घर, १ भ्यु टावर, १ सामुदायिक भवन, १ मन्दिर, सार्बजनिक धाराहरु र शौचालयहरु बन्ने उनले जानकारी दिएका छन । उनले भने ‘माघको २४ गते यो परियोजना हस्तान्तरण हुने छ ।’ उनले सबैलाइ बिपद्को घडिमा सबै नेपाली जुट्न ,राष्ट्र निर्माणमा तपाई हाम्रो अभियानमा जुटौ भनेर समेत आहवान गरेका छन ।