युटुभमा आयो दशैं ( हेर्नुस भिडियो )

रामहरी शाही समुन्द्री

काठमाडौं—
‘दशैं आयो, आयो दशैं
धान, कोदो फुलाउदै
आयो दशैं मनको पिर भुलाउदै
आयो दशैं…’
यो गीत गायिका मञ्जु पौडेल र लोकनाथ सापकोटाले गाएका हुन् । दशैं लक्षित गरेर निकालीएका यस्ता थुप्रै गीत यतिबेला युटुभमा प्रशंस्तै पाउन सकिन्छ । पछिल्लो समय विभिन्न पर्व अनुसार कलाकारले गीत निकाल्ने परिपाटी बस्दै आएकोछ । जस्तै, तिजमा धेरैले सिर्जना पस्कीने गर्छन । दशैंमा पनि गीत निकालेर दर्शकलाई रमाइलो बनाउने कलाकारको जमात बढ्दो छ । मञ्जुले दशैं गीत तयार भए लगत्तै आफ्ना फ्यानसंल फेशबुकमार्फत लाईफ प्रतिक्रिया पनि बटुलि सकेकी छन् । उनको गीतमा पुरुष स्वर लोकनाथ सापकोटाले दिएका हुन भने संगीत र रचना पनि लोकनाथले नै गरेका हुन् ।


लोक गीतका र्चचित गायक पशुपति शर्मा समाजको हरेक अवस्थामा सिर्जना फुराउन पछि नपर्ने कलाकार हुन् । अब दशैं जस्ता महान पर्वमा उनी चुप लागि बस्ने त कुरै भएन । उनले दशैंका लागि यो पटक अलि कमेडि शैलीको गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द, लय र संगीतमा पशुपतिले गायिका टिका पुन संग स्वर दिएका छन् । ‘कसको ठुलो खाम…’ बोलको गीतले युटुभमा झन्डै ७ लाख भिर्अस् बढेको देखिन्छ । दशैंमा दक्षिना पाएर पैसा संगाल्ने कम्पीटिसनबारे उनले व्यंग्यात्मक गीत लेखेका छन् । त्यस्तै, अर्का गायक खुमन अधिकारीको दशैं र तिहार लक्षीत गरि निकालेको गीत पनि मन छुने छ । उनले खास गरि डान्सीङ शैलीमा दशैं गीत बनाएका छन् । आफ्नै लयमा विष्णु न्यौपानेको शब्द छ । जसमा खुमन र कोपिला छिनालले स्वर दिएका छन् । ‘निधारैमा रातो टिका शिरैमा जमरा…’ बोलको गीत संगै उनले दशैं लक्षीत थुप्रै गीतमा स्वर दिएका छन् ।
यता चित्रकार एवं संगीतकार ज्योतिप्रकाश विकेले पनि दशैं पर्व संवोधन गर्दै गीत बनाएका छन् । आफ्नै स्वर, संगीत र शब्दमा उनले वैदेशीक रोजगारमा गएका युवाहरु पर्व मनाउन स्वदेश आउन नपाउदाको पीडा भाव गीतमा पोखेका हुन । ‘यो दशैंमा पनि म त घर आउने भईन साथी संगी सायद मेरो कर्ममा नै छैन…’ बोलको उनको गीत समसामयिक लाग्छ ।