मेसीको चार गोलमा बार्सिलोना विजयी

 

असोज ४,काठमाडौं – लिओनल मेसीले ४ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनासँग एइबारले आधा दर्जन गोल खाएको छ।

सिजनमा उत्कष्ट प्रदर्शन गरिरहेको बर्साले सतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति मेसीले हयाट्रिकसहित ४ गोल गरेपछि एइबारलाई ६–१ फराकिलो गोल अन्तरतमा पराजित भयो।

बार्सिलोनाको घरेलु क्याम्प नेउमा भएको खेलमा मेसीले २० मिनेटमै पहिलो गोल गरेका थिए। पेनाल्टीबाट पहिलो गोल गरेका उनले थप तीन गोल दोस्रो हाफको ५९, ६२, ८७ मिनेटमा गरेका थिए।

बार्सिलोनाका थप गोल यसै सिजन अनुबन्धित पाउलिन्होले ३८ मिनेटमा गरेका थिए भने अर्को गोल डेनिस सुआरेजे ५३ मिनेटमा गरेका थिए।