वीरगन्जमा राजपालाई उछिन्दै कांग्रेसको अग्रता, एमाले छैठौं स्थानमा

 

असोज ४,काठमाडौं ( वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाललाई उछिन्दै नेपाली कांग्रेसले अग्रता लिएको छ।

बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदी ४४६ मतका साथ अग्रस्थानमा उक्लेका छन्। गणना सुरु भएदेखि नै अग्रता लिँदै आएको राजपाका राजेशमान सिंह दोस्रो स्थानमा झरेका छन्। उनले पाएको मत ३८० छ।

संघीय समाजवादी फोरमका विजय सरावगी २४३ मतका साथ तेस्रो स्थानमा छन्।

यहाँ एमालेका उम्मेदवार वसरुद्दिन अन्सारीको अवस्था अत्यन्तै कमजोर छ। उनी माओवादी केन्द्र र लोकतान्त्रिक फोरमभन्दा पछाडि परेका छन्।माओवादी केन्द्रका रहबर अन्सारी १७६ मत ल्याएर चौथो स्थानमा छन् भने लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव १२० मतका साथ पाँचौं स्थानमा छन्।

छैठौं स्थानमा झरेका एमालेका वसरुद्दिनले ८८ मत ल्याएका छन्।