बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

 

असोज ३, काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो।

निर्वाचन अधिकृत बाबुराम अधिकारीले सात/आठ ठाउँमा खोला तारेर मतपेटिका ल्याउनुपर्ने तर कर्मचारी खोला तर्न नसकेको बताए। ‘मतपेटिका संकलन नै बिहान १० बजेसम्म होला, अधिकारीले भने, ‘त्यसपछि गणना सुरु गर्नुपर्ला।’