मतदाता परिचयपत्र नभए पनि भोट खसाल्न पाइने

असोज १, काठमाडौं– तेश्रो चरण अन्तर्गत प्रदेश नम्वर २ को सोमवार हुने स्थानीय चुनावमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ ।

निर्वाचन आयोगले जनाए अनुसार फोटो सहितको मतदाता नामावलीमा नाम भएकालाई मतदाता परिचय पत्र नभए पनि नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइनेछ । यसको अलवा जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइनेछ ।
यसैगरि मतदाता नामावली तथा मतदाता परिचयपत्रमा केहि त्रुटि पाइएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिइएको आयोगले जनाएको छ ।