सिमा नाका ३ दिनको लागी बन्द

असोज १ , काठमाडौ – स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरी सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको हो ।
महोत्तरीका १५ स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ । मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ । ३८ दशमलब चार किलोमिटर सीमाक्षेत्र सिल गरिएको छ।

निस्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्न भदौ ३१ गतेबिहान ७ बजेदेखि असोज २ गते साँझ ७ बजेसम्मका लागि सीमानाका बन्द गरिएको हो ।

निर्वाचनमा अन्तरदेशीय अपराध ठूलो चुनौती बन्न सक्ने ठहर गर्दै सुरक्षा प्रबन्ध मिलाइएको छ ।सुरक्षा व् यवस्था चुस्तदुरुस्त बनाउन नेपाल–भारतका सुरक्षा निकायको संयुक्त गस्ती, सीमा नाकामा सघन चेक र हातहतियार भित्रिन नदिन विशेष निगरानी टोली परिचालन गरिएको छ ।

चुनावमा साना अवैध हतियार व्यवस्थापन चुनौती बनेको छ । प्रशासनले मदिरा पसल पनि राति आठ बजेपछि खोल्न रोक लगाएको छ।