कारबाहीबाट बच्न खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा !

 
असोज १, काठमाडौं- भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।

वाईसिएल कमान्ड सम्हालेर मन्त्रालयको नेतृत्वमा आएका पुन पनि कारबाही गरेर आयल निगमलार्य सुधार्ने मुडमा थिए। विडम्बना उच्च रानीतिक शक्ति केन्द्र र दलाल समूहको सहयोगमा खड्काको सामु मन्त्री पुनको केही चलेन। अन्ततः पुन खड्कालाई कारबाही गर्न अघि सरेनन्। खड्काकै कारण आपूर्ति सचिव उपाध्याय पनि सरूवा भए। उपाध्याय मात्र होइन खड्काको अनियमित काममा छड्के किनाराको साक्षी बस्न नसक्ने भन्दै मन्त्रालयका सचिव विष्णु लम्साल, श्रीधर सापकोटाले समय नपुग्दै सरूवा सारेर अन्यत्र मन्त्रालय गए।