कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री

असोज १, काठमाडौं- संस्कृति, पर्यटन तथा नगारिक उड्डानमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग स्पष्टीकरण सोधेको पाईएको छ। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस् कम्पनी सान होसेलाई कालोसूचिमा राखेको सूचना गत असार २८ गते निकालेको थियो।

मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता/समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्ध गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण सञ्चालक समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनीहान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो। ठेक्का सम्झौता रद्द गरेपछि प्राधिकरणले उक्त कम्पनीको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी जफत गरेको थियो।

सरकारले सार्वजनिक सूचना जारी गरेर कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने भनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हवाइ यातायात क्षमता अभिवृद्धि आयोजना, आयोजना निर्देशनालयको अनुरोधमा असार ३ गतेको निर्णयबाट २ वर्षका लागि सान होसेलाई कालो सूचीमा राखेको जनाएको छ।