प्रदेश नंं २ को निर्वाचन अन्तिम चरणमा

भदौ ३१, काठमण्डौ–स्थानीय तह तेस्रो चरण निर्वाचन अन्तर्गत प्रदेश दुई का आठै जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाकर्मी र आवश्यक कर्मचारी सम्बन्धित मतदान केन्द्र पुगिसकेका छन् ।
असोज २ गते प्रदेश दुईका ८ जिल्ला रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीमा मतदान हुदैछ ।

पर्सामा प्रहरी, सशस्त्र प्रहरी र सेना मतदान केन्द्रको सुरक्षामा परिचालित छन् । प्रदेशको एक मात्र महानगर वीरगन्ज तथा जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार शुक्रबार राति १२ बजेदेखि ७२ घण्टाका लागि भारतसग जोडिएका सबै सीमा नाका सिल गरिएको छ ।