कलैयामा मुस्लिम भोट तान्दै लोकतान्त्रिक फोरमका महम्मद शानी

भदौ २९, कलैया – असोज दुई गते हुन गैरहेको तेश्रो चरणको स्थानिय तहको चुनावमा प्रदेश नम्बर दुईको तीन उप(महानगरपालिका मध्ये बाराको कलैया चर्चामा छ । कलैयामा प्रमुख दलले सशक्त उम्मेदबारहरु खडा गरेका छन् । चुनावी प्रचार प्रसार तीब्र भएको छ ।

कलैयामा तीनवटा मधेश केन्द्रीत दलले फरक फरक पृष्ठभूमिका उम्मेदबारहरु खडा गरेका छन् । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोहम्द शानीलाई मेयरको उम्मेदबार बनाएका छन् भने संघीय समाजवादी फोरम नेपालले पूर्व सांसद प्रमोद गुप्तालाई उम्मेदबार बनाएका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले जयप्रकाश साहलाई मेयरको उम्मेदबार बनाएका छन् । उक्त उप(महानगरपालिकामा १४ हजार मुस्लिम मतदाता रहेका छन् । उक्त भोटलाई मध्य नगर गर्दै लोकतान्त्रिकले महम्मद शानी ठकुराईलाई उम्मेदबार बनाएको छ । शानीले भने,‘यहाँ मधेश विरोधी दलहरु जित्ने सम्भावना छैन । म विजय हुनेमा आश्वास्त छु ।’ उनले भने, ‘कलैया उप(महानगरपालिका र यस उप(महानगरपालिकाबासीलाई बिकसित गर्ने छु । यस ठाउँलाई बिकसित गर्न सदैव अगाडि रहने कुरा बताए ।’ त्यस्तै, नेपाली कांग्रेसले राजेश यादव, एमालेले विनोद साह, माओवादी केन्द्रले मुकेश साहलाई मेयरको उम्मेदबार बनाएका छन् ।

त्यस्तै, कलैया वडा नम्बर ६ मा पत्रकार अफरोज मंसुरले उम्मेदबारी दिएका छन् । मुस्लिम बाहुल्य उक्त क्षेत्रमा मंसुर लोकप्रिय उम्मेदबार हुन् । आफु जित्ने माहोल बनाएको कुरा मंसुरले बताए ।