देउवा सरकारको एकसय दिनः कार्यशैली आलोचित, चुनाव गराउनु उपलब्धि

 
भदौ २९, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको सय दिन पूरा भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले जेठ २३ गते सरकारको नेतृत्व गरेका थिए ।

गठबन्धनबाटै प्रधानमन्त्री बनेकाा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व छाडेर देउवालाई समर्थन गरेपछि उनी प्रधानमन्त्री बनेका थिए ।

देउवाले सत्ता सम्हालेको यस मधुमासको समय समग्रमा कार्यशैलीगत रुपमा प्रशंसाभन्दा बढी आलोचित नै बनेको देखिन्छ ।

प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै सदाचारमा जोड दिने बताएका देउवाले यस विपरित काम भए ।

आनवश्यक रुपमा इतिहासमै जम्बो अर्थात् ५४ सदस्यीय मन्त्रिपरिषद बनाएपछि उनी बढी आलोचित भएका छन् ।

देउवाले जेठ २४, जेठ २८, असार २, साउन ११ र भदौ २५ मा गरी पाँच पटक सरकार विस्तार गरेका थिए ।

निजी सचिवालयलाई पूर्णता दिन नसक्नु, विभिन्न काण्डमा संलग्न रहेका भनिएका कर्मचारीलाई कार्वाहीका दिशामा ल्याउन नसक्नुले पनि उनको आलोचना भएको छ ।

स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गराउनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वातावरण तयार गर्नु, डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारको पहल थाल्नु यस अवधिमा उनले गरेका सकारात्मक काम हुन् ।