वैदेशिक रोजगार ऐन संशोधन मस्यौदामा एक करोड धरौटी प्रस्ताव

व्यावसयीको विरोध
भाद्र २८, काठामाडौ—वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदामा वैदेशिक रोजगार व्यावसय सञ्चालन गर्न एक करोड धरौटी राख्नुपर्ने प्रावधानको प्रस्तावित हटाउन माग गर्दै धर्ना वसेका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार वैदेशिक रोजगार विभागमा धर्ना दिएका हुुन । श्रम मन्त्रालयले संशोधनका लागि तयार गरेको मस्यौदामा ७ लाख नगद र २३ लाख धरौटीबाट बढाएर एक करोड रुपैयाँ कायम गरिएकोमा व्यावसयी विरोधमा उत्रिएका हुुन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न र पीडित कामदारलाई क्षतिपूर्ति दिन एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको बताए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुुरुङले भने एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था भएमा कामदार झन् ठगीमा पर्ने दाबी गरेका छन् ।