प्रकृती दाहाल
रंगकर्मी नानी थापाले थुप्रै पटक एकल प्रस्तुती दिएकी छन् । १४ वर्षको उमेरमै उनले पहिलो एकल नाटक देखाएर दर्शकको मन तान्ने प्रयास गरेकी थिइन् । यतिबेला भने नाटक जुनकीरि लिएर उनी फेरि आफ्नो एकल प्रस्तुतीका साथ मञ्चमा आएकी छन् ।
सामाजिक कार्यमा सहयोग पुुयाउने उदेश्यले नाटक जुनकीरि जमलस्थित नाटक घरमा मन्चन गरिएको छ ।
जुनकीरिको अस्तित्व प्रतिबिम्बीत गरेर नानीले एक संघर्षशील महिलाको जीवन यात्रा संग जोडेकी छन् । अन्धकारमा जुनकीरिले आफ्नै प्रकाश छर्छ । तर, त्यो प्रकाशको मौन अस्तित्व हुन्छ । जुनकीरि एक ग्रामीण भेगकी युवति हुन । जसले छोरा सरहर बहादुर हुनु पर्ने समाजको र परिवारको दबाब छ । उनी त्यहि दबाबमा आफुलाई अब्बल देखाउने प्रयत्नमा लागेकी छन् । तर, यता समाजले उनलाई स्वच्छ रुपमा बाच्न दिदैन । नजानिदो तरिकाले उनी देह व्यापारमा पस्न पुग्छीन् । त्यहाबाट जनुकीरिको संघर्षपुर्ण यात्रा सुरु हुन्छ । नाटकको अन्तीममा देह व्यापार गर्ने महिलाले आफ्नो बाउ विनाको सन्तान पनि जन्माउन पाउनु पर्ने अधिकारको पक्षमा बहस सिर्जना गरेकोछ ।
नाटकको चोटिलो पक्ष भनेकै यहि हो । तर, नाटक जति गम्भीर छ उति अभिनया भने नानीले बोल्डपन ल्याउन सकेकी छैनन । नाटकका धेरे भागमा हास्य शैली मिसिएकोछ । जसले नाटकलाई हलुका बनाएकोछ । चाहिने भन्दा बेसी दृश्य लम्बाईएकोछ । जसले नाटकमा मोनोटोनस सिर्जना गराएकोछ ।
नाटकमा उठेको रकम एकिकृत माझी नमुना बस्ति विकासका लागि श्वेता श्री फाउन्डेशन सहयोगार्थ गरिनेछ ।
लोटस फोटोग्राफी स्कुलले प्रस्तुुती गरेको नाटक असोज ५ गते सम्म मन्चन हुुनेछ ।