मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत— एमाले

 

भदौ   २६,   काठमाडौं   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया शुरु भइसकेको अवस्थामा प्रमुख विपक्षी नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिए जनाएको छ ।

अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् बिस्तारको अनुचित कार्य नरोके एमालेले प्रतिवाद गर्ने बताएका छन । निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने भन्दै उनले आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका छन ।

एमालेले निर्वाचन आचारसंहिता विपरीत जिल्ला न्यायाधीशहरुको सरुवा गर्न लागिएको सूचना प्रति आपत्ति जनाएको छ ।