मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते

भदौ २३, काठमाडौ–नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

नेपाल सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको बा १ झ ७१६३ गाडीले बानेश्वरमा बा ४८ प ९२५० को मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र अन्जु श्रेष्ठ रहेका छन ्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको बानेश्वरकै एभरेष्ट अस्पतालमा उपचार भैरहेको स्रोतले जानकारी दिएको छ।