शिल्पी थिएटरमा ‘ घोडाघोडी ’

प्रकृती दाहाल
काठमाडौं—संस्कृति जोगाउनुमा पुर्खौलीको मात्रै जिम्मेवारी हुदैन । आउने पीढिको पनि उत्तिकै कतव्र्य हुन्छ । यहि चेतना जागृत गराउन यतिबेला राजधानीमा सांस्कृतिक नाटक घोडचडि मञ्चन भइरहेको छ ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको नाटक तराई समुदायमा अवस्थीत चमार जातिको संस्कृतिमा आधारीत छ । कला साहित्य र अन्य बिधा जस्तै नाटक पनि समाजको एक प्रतिक हो । पछिल्लो समय फेशनको दुनियामा हराउदै गएका युवापुस्ताले आफ्ना चालचलन, संस्कृति लाई भुुल्दै र बिर्सिदै गएका छन । संस्कृति जोगाउन युवापुस्तामा हस्तान्तरण गर्नै बिषयमा केन्दित रहेर बतीसपुतली शिल्पी थिएटरमा घोडाघोडी नाटक मन्चन भएको छ । युवा पुस्ता संस्कृति पुस्तान्तरण गर्नु एक सकारात्मक पक्ष पनि हो ।
रेडियो नेपालको नाटक गोमाको आसुंबाट निरन्तर नाटकमा रहेका लोकमणि सापकोटा करिब ३६ बर्ष पछि रंगमन्चमा फर्किैएका छन । रेडियो नेपालको जागिर तथा व्यस्तताको कारणले रंगमन्चमा आउन नसकेका उनी यसै नाटक मार्फत आफनो प्रस्तुती दिएका छन । ७० बर्ष पुगिसकेका सापकोटा सुवल मणी सापकोटाको लेखन तथा निर्दैशन रहेको नाटकसगै रंगमन्चमा फर्किैएका हुन ।

यस नाटकमा तराइमा बसोबास गर्नै चमार समुुदायको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । पछिल्लो समय चमार समुदायमा लोप हुुदै गएको संस्कृति, आफनो मौलिकता युवापुस्तालाइ पुस्तान्तरण गर्नै बिषयलाइ उठाइएको छ । नाटकमा कलाकारहरु लोकमणी सापकोटा, सरस्वती अधिकारी, सबिन कटेल ,बिज्ञान गजुरेल, दिलासा श्रेष्ठ लगायतले मन छुने अभिनय गरेका छन् ।
नाटक असोज २ गतेसम्म मन्चन हुनेछ।