‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं- ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । आज साँझ फिल्म निमार्ण पक्षल छक्का पन्जा २ को ट्रेलर सार्वजनिक गरेको हो ।

दीपा श्री निरौलाद्वारा निर्देशित फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, गौरव पहारी, केदार घिमिरे, वर्षा राउत, शिवहरी पौडेल, बुद्दी तामाङ, राजाराम पौडेल, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय छ ।

असोज ११ गते रिलिज हुने सो फिल्ममा किरण कँडेल र अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द, सामिप्यराज तिमेल्सिनारविकाश आचार्यको कथा र दीपकराज गिरीको पटकथा रहेको छ ।