खड्काले दिए कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी

भदौ २१, काठमाडौं – ईन्धन भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन्। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।

खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुई वटा विलासी गाडी उपलब्ध गराएका हुन्। निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको बा २ झ ३औ९१ नम्बरको टोयटा गाडी आपूर्ति मन्त्री र बा २ झ १४९९ नम्बरको गाडी सचिवले चढ्दै आएका छन्। खड्काले आफ्नो निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन्। इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गरेका तत्कालिन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ। सोही गाडी अहिलेका आपूर्ति मन्त्रीले पनि चढिरहेका छन्।