मण्डलामा लाटीको छोरो

प्रकृती दाहाल
भदौ २०,काठमाडौं –नाटकका आफ्नै भाषा, शैली, परिवेश, घटनाहरु रहेका हुन्छन। यस्तै सामाजिक घटनाहरुलाइ समेटेर बनेको नाटक हो लाटीको छोरो । सुलक्षण भारतीको लेखन तथा निर्दैशन रहेको उत नाटक निर्माण परिकल्पना प्रकाश दाहालको रहेको छ ।

नेपाली चलचित्रका लोकप्रिय अग्रज र पाको कलाकार टिका पहाडी करिब ३६ बर्ष पछि यसै नाटक मार्फत फेरि रंगमन्चमा फर्किएका छन । लामो समयपछि रंगमन्चमा प्रबेश गरेका उनी नयां पुस्ता र नयां माहोलसँग एकसाथ काम गर्दा आनन्द र खुसी लागेको बताए ।

यस नाटक भित्र बषौदेखि समाजमा बस्दै आइरहेका समाजले तल्लो जातको रुपमा राखेको डुम समुदायमाथि समाजले राजनितिक, सामाजिक र आर्थिक रुपमा हस्तक्षेप गर्ने कुरुप धारणा राख्ने मानिसहरुको बस्ती एक सुन्दर बजारमा रहेको छ । सुन्दर बजारभित्रै समाजले बौलाइ तथा बोक्सीको उपनाम दिएको कथाकी पात्र प्रबित्र्रा पशुपति राई’ र बोल्न नसक्ने मानसिक सन्तुलन गुमाएकी कथाकी पात्र लाटी केपिका सिहं’ माथि समाजमा रहेका भदभलाद्मी, न्यायकर्मी, प्रहरी प्रशासन जस्ता व्यतिहरुको हेर्नै शैली तथा सम्रग समाजले के कस्तो दष्टिकोणबाट कस्तो असमान ब्यबहार गर्दछ भन्ने बिषयबस्तुको पेरिफेरिमै बनेको नाटक हो लाटीको छोरो । लाटी र कथाका पात्र पुनित सुदिप खतिवडा’ बिचको प्रेम सम्बन्धलाइ समेत जोडेर नाटक निर्माण गरिएको छ ।

अनामनगर मण्डला नाटकघरमा सोमबार देखि प्रर्दशन सुरु गरेको नाटक एक हप्ता सम्म चल्नेछ। नाटकमा १४ जना कलाकारहरुको प्रस्तुती देख्न सकिनेछ।