सेल भन्दै ६० प्रतिशत छुटको ट्याग झुण्ड्याएर ठगी, २४ सय पर्ने जुत्तालाई २७ हजार!

 
भदौ २०,काठमाडौं – दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ। यो खबर आजका अधिकाश पत्रपत्रिकामा छापिएको छ हामीले कान्तिपुरबाट लिएका हौ।

दसैं-तिहारका मुखमा सेलका नाममा ठगी गरेको भेटिएको भन्दै सिलबन्दी गरिएको हो। आपूर्तिमन्त्री शिवकमुमार मण्डलसहित आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा छुट भन्दै ११ गुणाभन्दा बढी मूल्य लिने गरेको भेटिएपछि सिलबन्दी गरिएको हो।

चाडबाड नजिकिएपछि अधिकांश पसलमा ६० प्रतिशतसम्म छुटका ट्याग झुण्ड्याइएका छन्। पुमा, नाइक, बिन्टले र स्टोर वानमा अनुगमन गरिएको थियो। त्यसक्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएपछि सिलबन्दी गरिएको थियो। ‘अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार र २४ सय पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो। बिलबिजक पनि छैन,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘धेरै विकृति देखिएकाले चारवटैमा सिलबन्दी गरेका छौँ।