असल छ — सुपथ मुल्य पसल

 

भदौ १९,काठमाडौं –  नेपालीहरुको महान चाड दशैं,  तिहार र छठ पर्वहरु नजिकिदै छन । यस्ता चाडपर्वलाइ लक्षित गरेर नेपाल खाद्य संस्थानले खाद्य समाग्री बिशेष  छुट सहित  राजधानिका  बिभिन्न स्थानवाट सहुलियत दरमा विक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान वाग्मती अंचल कार्यालयले के कस्ता खाद्य सामाग्री विक्रीमा राखेको छ ? यस कार्यालयले काँहा काँहा सहुलियत पसल सञ्चालन गरेको छ ? प्रस्तुत छ यि र यस्तै अन्य विषयमा केन्द्रित रही इमेलखवर डट कम का पत्रकार प्रकृती दाहालले नेपाल खाद्य संस्थान बाग्मती अन्चलका प्रमुख भेषराज न्यौपानेसंग गर्नु भएको वार्ता ।

चार्डवार्डलाई लक्षित गरि आम उपभोक्ताका लागि यसपाली के के गर्दै हुनुन्छ ?

दशै, तिहार लगायतका पर्वलाई लक्षित गरेर उपभोक्ताका लागि हामीले राजधानीका  बिभिन्न ठाउमा सुपथ मुल्य पसल संचालनमा ल्याएका छौ । काठमाडौको जोरपाटी, नख्खु, जावालखेल, सुर्यबिनायक, तीनकुने, रामशाहपथ आदि स्थानवाट आम उपभोक्तालाई सेवा दिइरहेका छौ । यि पसलहरुवाट हामीले खाद्य सामाग्री चामल दाल विशेष छुटमा वेचिरहेका छौ । विभिन्न प्रकारका चामलहरु मध्ये बास्मती चामलमा ५ प्रतिशत र अन्य चामलमा १० प्रतिशत   छुट दिएका छौ

यसको अलवा  कतिपय पसलमा दुग्ध संस्थान र साल्ट टेड्रिङले पनि आफ्नो समान विशेष छुटमा वेचिरहेको छ ।

नेपाल खाद्य संस्थानको सुपथ मुल्य पसलमा समान किन किन्ने ?

पहिलो त चार्डपर्वको वेला वजार व्यावस्थापन गर्न हामीले पसल संचालन गरेको हुदा यहाको सामाग्री सस्तो छ र त्यसमा पनि विशेष छुटको व्यावस्था गरिएको छ । दोश्रो कुरा यि सामाग्री अर्गानिक छन । कर्णालीको सिमी, विभिन्न प्रकारका चामल गुणस्तरयुक्त भएको हुदा यहाको समान उपभोग गर्नुस भन्न चाहान्छु ।

खाद्य सस्थानले संचालन गरेको सुपथ मुल्य पसलहरुमा अहिले सम्म विक्रीको अवस्था कस्तो छ ?

सबै पसलमा व्यापारको अवस्था राम्रो छ । एक पटक पठाएको समान सकिएर अर्को पटक पठाउदै छौ । अन्य ठाउमा भन्दा पनि रामशाहपथमा चै ग्राहकको चाप वढिरहेको छ । सायद गाडि पार्किङको सुविधा र केन्द्रमा भएर होला ।

खाद्य सस्थानले संचालन गरेको सुपथ मुल्य पसलवाट कति परिणममा खाद्य सामाग्री वेच्ने लक्ष्य राखिएको छ ?

हामीसंग लगभग ३८ हजार क्वीन्टल चामल र ७२० क्वीन्टल सिमी छ । तिते फापर र उवा  हामीले बजारमा ल्याउन सकेका छैनौ । हाम्रो लक्ष्य भनेको तयार भएको सबै बिक्री गर्नै रहेको छ ।

लक्ष्य ठूलो राख्नु भएको रहेछ तपाइहरुले बिदाको पनि प्रर्बाह नगरि काम गरिरहनु पनि भएको तर आम उपभोक्तमा सुचना पुग्न सकेको छैन कसरी पुरा होला यो लक्ष्य ?

हामीले सके जति प्रयास गरेका छौ प्रचारप्रसारको लागि । पसल उदघाटन गर्दा समाचार वनेका छन यसवाट पनि थाहा पाउन सजिलो भएको होला । तर पनि बिभिन्न मिडिया मार्फत सुचना  पुर्याउन नसक्नुको कारण चाहि हामी भित्रै ब्यबस्थापनमा पनि कमी रहेको छ । अझै प्रचारप्रसार होस भनेर केहि योजना वनाउदै छौ ।

मुल्य सूची हेर्नुहोस