चर्या नृत्य प्रशिक्षणको समापन (फोटो फिचर )

 

चर्या गीत तथा नृत्यहरु बौद्ध तन्त्र शास्त्रमा आधारित तथा बुद्ध धर्मको बज्रयान निकाय अन्तर्गत पर्दछ । चैत्र महिना देखि ६ महिना सम्म सञ्चालित चर्या नृत्य प्रशिक्षणकोआइतबार पाटन बुबहालको दिगी घरमा समापन कार्यत्रम गरिएको छ । महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी उन्मुख शहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा समापन गरिएको हो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले बिभिन्न प्रतिभाहरु तारा, कुमारी, बज्रयोगिनी जस्ता विभिन्न चर्या नृत्यहरु प्रदर्शन गरेका थिए । उक्त नृत्य प्रशिक्षण ७० जनालाइ ६ महिना सम्म दिइएको थियो।

उक्त नृत्यका लागी माइला गुरुजु, हेमरत्न बज्राचार्य र मिना जोशीले प्रशिक्षण दिएका हुुन सँस्कृतिको संरक्षण गर्ने तथा चर्या नृत्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने र युवाहरुको नृत्य दक्षता विकास गर्ने उद्देश्यका साथ उक्त प्रशिक्षण गरिएको संयोजक प्रेरणा बज्राचार्यंले बताए ।

जनमानसमा बोधिज्ञान प्रवाह गर्ने विशुद्ध एवं शसक्त माध्यमको रुपमा पहिले पहिले बोधिसत्वहरुले चर्यागीत र चर्यानृत्य प्रयोगमा ल्याउने र यसका प्रथम रचनाकार, संगीतकार तथा गायक महामञ्जुश्री हुन् भन्ने विश्वास रहि आएको छ ।