कुटनीतिक कर्मचारीले २२ करोड कर तिर्न बाँकी

 
भदौ १६, काठमाडौं – विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन्। यो खबर सुरेन्द्र पौडेलले आजको नागरिकमा लेखेका छन्।

कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ।

यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ।

परिपत्रमा विगतमा नतिरेको कर के गर्ने भन्ने विषय केही उल्लेख छैन। सरकारले साउन १ गतेबाट वैदेशिक भत्तामा नियोग हेरी १० देखि ३० प्रतिशत वृद्धि गरेपछि परराष्ट्रले यस आर्थिक वर्षबाट कर काट्न परिपत्र जारी गरेको हो