मतदाता फकाउदै प्रचण्ड रौतहटमा

 

भदौ १५, काठमाडौं –  २०७४ तेसो्र चरणको स्थानीय तह निर्वाचनमा आफ्नो र्पािटलाइ पहिलो पार्टी बनाउने उदेश्यले आप्नो दलको पक्षमा मतदाता तान्ने प्रयास स्वरुप माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पमल दाहाल रौतहट पुगेका छन् ।

उनी बिभिन्न कार्यत्रमका लागि दौडधुुप गरिरहेका छन। बिहान करिब २० मिनेट चिया गफमा बिताएपछि उनी सहरी विकास मन्त्री प्रभु साह, माओवादीका प्रदेश नं. २ का इञ्चार्ज मातृका यादवलगायतका नेतासहित जिल्ला दौडाहामा छन् ।

गौरस्थित उद्योग वाणिज्य संघको कार्यालयमा अन्तर्क्िरया, सबगढास्थित मस्जिदमा नेता कार्यकर्ता भेटघाट, पिप्रा भगवानपुरमा पार्टी प्रवेश कार्यक्रम, गरुडामा पार्टी प्रवेश तथा कार्यर्तालाई सम्बोधन र कनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर फर्किने उनको कार्यक्रम रहेको छ।