जुम्लामा करेण्ट लागेर एक युवकको ज्यान गयो

 

 

भदौ १४, काठमाडौं- जुम्लाको चन्दननाथ नगरपालिका–७ मा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–१ राँकागाउँका २९ वर्षका पदमबहादुर कठायत मृत्यु भएको हो । चन्दननाथ नगरपालिका–७ मा आफ्नो नयाँ बन्दै गरेको घरमा मंगलबार साँझ करेण्ट लागी उनको ज्यान गएको जुम्ला जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। करेण्ट लागेर बेहोस भएका उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको हो