प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरणमा हुुने

 

भदौ १४, काठमाडौं- मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले दुई चरणमा निर्वाचन गर्ने गरी मंसिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो।

सरकारले यसअघि दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरणको निर्वाचन मिति तय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीका बारेमा छलफल गरी राजनीतिक सहमतिका आधारमा गर्ने र संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गर्दै भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइराला, खानेपानीमा कृष्णराज बिसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयलाई सरुवा गर्ने निर्णय गरेको छ। सरकारले अनुसन्धान निर्देशकपदमा हुतराज थापा लगायत तीन जनालाई बढुवा गरेको मन्त्री बस्नेतले जनाकारी दिए।बैठकले एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अरब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।