टुडिखेलमा गौरा पर्व(फोटो फिचर)

प्रकृती दाहाल
भदौ १३, काठमाडौ—सुुदुुरपश्चिम र मध्यपश्चिममा मनाइने एक बिशेष पर्व हो गौरा पर्व । यस भेगवाट काठमाडौमा आएर वसेकाहरुले मंगलवार टुडिखेलमा हर्ष उल्लासका साथ यो पर्व मनाए । मन्दिरबाट शिब पार्वतीको मुर्ति बनाइ सिगागेर बिभिन्न तामा र पितलका भाडाहरुमा बिरुडा भिजाइ गौरा पर्व भित्राउने गरिन्छ । यो पवर्मा अबिबाहित महिलाहरुले राम्रो पति पाउनका लागि र बिबाहित महिलाहरु पतिको दिर्घायुुको लागी ब्रत बस्ने गर्दछन ।

बझाङ घर भइ हाल काठमाडौ बस्दै आएका भुमि धामी यस पर्वलाइ एक बिशेष पर्वको रुपमा लिन्छन । उनले यो पर्ब सुख शान्ति समद्धिको लागि मनाउने गरेको बताए । यसै गरि बैतडीका युुवा हर्ष नारायण उपाध्यायले गाउलाई सम्झेर देउडा गाउन आएको वताए ।

टुडिखेलमा छमछमी देउडा गीतमा नाचेर रमाइलो गर्दै गरेकी अछामकी जला बिष्टले घर जान नपाए पनि साथीभाई संग भेटघाट गर्न पाउदा खुश्ी लागेको वताइन ।

फोटो फिचर