जनकपुरमा एमाले अगुवा कार्यकर्ता भेलामा राजपा कार्यकर्ताले अवरोधको प्रयास गरे

 

१३ भदौ जनकपुर, अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रदेश नम्बर९२ को जनकपुर पुगेका एमाले बरिष्ठ नेता माधवकुृमार नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।

एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर केही राजपा कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थियो ।चार पाँच जनाले कालोझण्डा देखाएर एमालेबिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।