पार्टीका लागि अखिल क्रान्तिकारीका सबै नेता कार्यकर्ता समान माओवादी केन्द्र

 

काठमाडौं १३ भदौ, नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा अखिल क्रान्तिकारीका सबै नेता कार्यकर्ता समान रहेको स्पष्ट पारेको छ ।क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुनुभन्दा केही घण्टा अगाडि पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीका लागि सबै नेता कार्यकर्ता कोही पार्टीको आधिकारिक र कोही अनाधिकारीक नरहेको स्पष्ट पारेको छ ।अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन सकेसम्म सर्वसम्मत होस् भन्ने पार्टीको धारणा रहेको र यदि सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियोस् भनेर सुझाव दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।गएराति अबेरसम्म दर्ता गरिएको उम्मेदवारहरुको नामावली प्रकाशनको तयारी भइरहेको अखिल क्रान्तिकारी निर्वाचन समितिका संयोजक रमेश मल्लले बताएका छन ।
आजै दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आजै मतपत्र प्रकाशन गरी नेतृत्व चयनको निर्वाचन भने बुधबार मात्रै हुने मल्लले बताए ।