मंगलबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

 

भदौ १३, काठमाडौं–मंगलबार तोलामा एक हजार रुपैयाँले सुनको भाउ बढेको छ । सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।