भदौ १३, काठमाडौं –सरकारले सडक पूर्वाधारको विकासमा आपेक्षाअनुरुप काम नगर्दा समस्या बढिहरेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले आरोप लगाएका छन ।आजबाट काठमाडौंमा सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्रेष्ठले अटोमोबाइल्स ब्यवसायीले गाडी आयात गर्दाको भन्सार शुल्क अधिकतम रुपमा सडक पूर्वाधारमा लगाउन माग गरेका छन् । उनीहरुले कुल बजेटको २० प्रतिशत हिस्सा अटोमोबाइल्स क्षेत्रले दिने भएकाले त्यसैअनुरुप सडक पूर्वाधारको विकस गर्नुपर्ने माग गरेका हुन ।उनले गाडीलाई विलाशिताको भन्दा उत्पादनशीलता बढाउने साधनका रुपमा राज्यले लिनुपर्ने वताएका थिए ।अझै पनि धेरै सडकको सेफ्टी अडिट नभएको भन्दै ग्रामीण सडकको पनि सेफ्टी अडिट गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने वताएका थिए ।