सुदुरपश्चिम र काठमाडौंमा गौरा पर्वको रौनक

भदौ १३,डडेल्धुरा – सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वको मुख्य दिन आज ।सुदूरपश्चिमका साथै राजधानी काठमाडौंमा आई बस्ने सुदूरपश्चिमका बासिन्दाहरुले यस पर्वलाई हर्षोल्लासका साथ मनाउँदै छन् ।

बिभिन्न मन्दिर तथा घर घरमा तामा र पितलका भाँडाहरुमा विरुडा भिजाएर गौरा पर्वको शुभारम्भ गर्ने गरिन्छ ।

महिलाले निराहार ब्रत बसेर सगुन गाउंदै गहुं, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न भिजाएर गौरा पर्वकोे सुरु गरेका हुन् ।

यस पर्वमा अविवाहित युवतीहरु राम्रो पतिको कामनासहित र विवाहिता महिला पतिको दीर्घायुका लागि ब्रत बस्ने गर्दछन् ।

यो पर्व एक सातासम्म चल्ने गर्दछ । गौरा पर्वलाई कार्य व्यस्तताबाट पर रहेर विश्राम गर्ने र आफन्तजनसंग भेटघाटको अवसरको रुपमा पनि लिने गरिन्छ ।

गौरा पर्वकै अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।