देउवाको भारत भ्रमणप्रति प्रचण्डको असन्तुष्टी

 

भदौ १२, काठमाडौं –   पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति आफुु सन्तुष्ट नरहेको  बताएका छन। संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् ।
‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन। तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन, दाहालले भने,‘देशलाई आवश्यक परे फेरि बहस गरौला। तर, अहिले यो बहस आवश्यक नै छैन।’ यो समाचार आजको अन्नपुुर्ण पोष्टबाट लिएका हौ।
नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको प्रचण्डले बताए। ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरे। तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन। काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं।उनले भने ।
पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए। अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नभएको बताए ।
पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन पुगेका प्रचण्डले दिउँसो विराटनगरमा कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।